जसपाका अध्यक्ष उपेन्द्र यादवले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा सदस्यको रूपमा सभामुखबाट पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका हुन्। उनले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पारे।
“सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ। अस्थिरताले कसैको हित गर्दैन। लोकतन्त्रलाई कमजोर बनाउँछ। र जनतामा वितृष्णा जाग्ने स्थिति हुन्छ। त्यो गर्न दिनुहुन्न,” उनले भने, “म त चाहन्छु अब बृहत् समझदारी बनोस्। सक्यौँ भने एउटा राष्ट्रिय समझदारी बनोस्। र, समझदारीका आधारमा मुलुकमा सरकारको स्थिरता, स्थायित्व, आर्थिक विकास र समृद्धितर्फ मुलुक अगाडि बढोस्।”
उनले संसदीय समितिहरूको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने बताए। अध्यक्ष यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
