पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गरेका छन्।
मंगलबार तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका छन्।
उनले मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताएका हुन्।
उनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्यांक विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दीमा गएको संकेत गरेको बताए।
“यो तथ्यांकले चालु आर्थिक वर्षमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लिएको लक्ष्य हावादारी थियो भन्ने कुरा पुष्टि गर्दछ। मुलुक आर्थिक रूपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुगेको छ,” उनले भने।
पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरे। उनले पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको बताए।
उनले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशः संकट र मन्दीमा धकेलिरहेको आरोप लगाए। उनले एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको विरुद्धमा लड्दा, पुनर्निर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको विरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको बताए।
उनले मुलुक आर्थिक रूपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आई पुग्दासमेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतीका बारेमा कुनै चासो चिन्ता नभएको बताए।
उनले सरकारले अर्थतन्त्रको चुनौतीबाट मुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको बताए। उनले सरकार अर्थतन्त्रका चुनौती समाधान गर्नुपर्ने अवस्थामा बेसरोकारको अवस्थाबाट गुज्रिरहेको बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या मुलुकको लागि चिन्ताको विषय भएको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
