मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कानूनी व्यवस्था गरेर मिटरब्याज पीडितको समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष मंगलबार नै अध्यादेश पठाउने निर्णय भएको बताइन्।
“मिटरब्याजीको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नको निम्ति कानूनी व्यवस्था गर्नको निम्ति मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ,” उनले भने।
रेशम चौधरी लगायतका कैदी बन्दीहरू रिहाइको विषय ऐन संशोधन गरेर मात्रै हुने बताइन्। साथै उनले नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयबारे छलफल भएको उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
