२०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिएर दस्तुर बुझाइसकेका उम्मेदवारलाई पुनः दरखास्तका लागि आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ।
काठमाडौँ– उम्मेदवारको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ। बुधबारदेखि लागू हुनेगरी दरखास्तका लागि आयोगले ३० दिनको समय दिएको हो।
२०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिएर दस्तुर बुझाइसकेका उम्मेदवारलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए।
पहिले दरखास्त भरिसकेका उम्मेदवारको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको प्रवक्ता सुवेदीको भनाइ छ। शाखा अधिकृतको परीक्षा असार ९ गते र अन्य पदको परीक्षा साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी छ।
पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्नेछ। साबिकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइनबाट नै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ।
“यो नयाँ दरखास्त होइन। पहिले भरिसकेको उम्मेदवारको डाटाका लागि मात्रै खुलाएको हो, यसलाई नयाँ रूपमा नबुझ्न अनुरोध छ,” उनले भने, “जुन उम्मेदवारले पहिले नै डाटा भर्नुभएको थियो, त्यो उम्मेदवारले विवरण भरिसकेपछि हामीले अब फेरि भर्ना परीक्षा सेड्युल निकालेका छौँ।”
आयोगले विगत १० वर्षदेखि उम्मेदवारको सम्पूर्ण विवरण अनलाइन सिस्टमबाट लिने र आवश्यक विवरण त्यही रूपमा प्रयोग गर्ने गरेको छ।
“फागुन २३ गतेदेखि सिस्टममा डाटा नदेखिएपछि सबै डाटाहरू स्टोरेज गरेको ठाउँमा समस्या आयो,” प्रवक्ता सुवेदीले भने, “लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरबाट मेटिएका डाटा रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
