नयाँ पुल निर्माणका लागि फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसन भएको जमिन भासिएको हो। पुलको मुखमा सडक भ्वाङ परेपछि सवारी आवागमन बन्द भएको छ।
मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलमा फेरि जमिन भासिएको छ। मंगलबार दिउँसोदेखि एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो।
धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने पुलको मुखमा ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले सवारी आवागमन बन्द भएको छ।
नयाँ पुल निर्माणका लागि फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसन भएको जमिन भासिन पुगेको हो। त्यही जमिन भासिएको ठाउँमा ग्याबिन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो।
अहिले फेरी जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन्। एकतर्फी सडक संचालनमा ल्याइए पनि जोखिम भने टरेको थिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
