आफ्नै घरभित्र बन्धक बनाइएकी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेलाई तत्काल उद्धार गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन परेको छ।
काठमाडौँ– आफ्नै घरभित्र बन्धक बनाइएकी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेलाई तत्काल उद्धार गर्न माग गर्दै उनकी कान्छी छोरी प्रतिक्षा घिमिरेले बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएकी छन्।
अनन्तमाया उच्च रक्तचाप, मधुमेह र मुटुरोगको बिरामी भएकाले जतिसक्दो चाँडो उद्धार गर्न माग गरेर उनले आयोगसमक्ष लिखित अनुरोध गरेकी हुन्।
बालकोटस्थित आफ्नै घरमा अनन्तमायालाई छोरा, छोरी, बुहारी र नातिले बन्धक बनाएको र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार हनन गरेको प्रतिक्षाले उजुरीमा उल्लेख गरेकी छन्।
यो पनि: सम्पत्ति हत्याउन सन्तानबाटै घरभित्र बन्धक बनाइएकी ७४ वर्षीया अनन्तमाया
उजुरीमा उनले आमालाई आफ्नै नामको घर–जग्गासमेत भोगचलन गर्न नदिएको र औषधोपचारसमेत नगरेको उल्लेख गरेकी छन्। ‘आमाको नाममा रहेको सम्पत्ति हत्याउनको लागि काठमाडौँ र सुनसरीमा अंशचलन र अंशवण्डा बदरको मुद्दा राखेको र मुद्दाको प्रतिवादसमेत गर्न नदिई एकलौटी मुद्दाको फैसला गराउन खोजेको, आमालाई भेट्न जानेहरुलाई समेत कुटपिट गरेको’ उनको उजुरीमा उल्लेख छ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले उजुरी दर्ता भएको र बिहीबार बिहान अनन्तमायाको उद्धार गर्न आयोगको टोली जाने बताए। उनले भने, “भक्तपुरका डीएसपीसँग कुरा गरेका छौँ, भोलि बिहान हामी उद्धारका लागि जान्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
