हिमालयन शेर्पासँग १-० ले हारेर 'ए' डिभिजन लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको सातदोबाटो चौँथो स्थानमा खुम्चिएको छ।
काठमाडौँ- सातदोबाटो यूथ क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा सातदोबाटो हिमालयन शेर्पा क्लबसँग १-० गोलअन्तरले पराजित भएपछि शीर्षस्थानमा पुग्ने मौका गुमाएको हो।
हिमालयनको जितमा खामिर गिल्सनको गोल निर्णायक रह्यो। उनले खेलको ६५औँ मिनेटमा पिस्टन मुटुम्बाको पासमा डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो।
हिमालयनको यो चौँथो जित हो। आठौँ स्थानमा रहेको हिमालयनको १४ खेलमा १७ अंक छ। सातदोबाटोको यो चौथो हार हो। यसअघि सातदोबाटो थ्री स्टारसँग १-०, जावलाखेलसँग २-१ र चर्च ब्वाइजसँग २-१ गोलअन्तरले पराजित भएको थियो।
सातदोबाटोले १४ खेलबाट २२ अंक जोडेको छ। समान खेल खेलर तालिकाको शीर्ष स्थानमा रहेको जावलाखेल यूथ क्लबको २४ अंक छ। दोस्रो स्थानमा रहेको चर्च ब्वाइजको २४ नै र तेस्रो स्थानको थ्री स्टारको समान खेलबाट २३ अंक छ।
चर्च ब्वाइज दोस्रो स्थानमा उक्लियो
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न अर्को खेलमा फ्रेन्ड्स क्लबमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकाल्दै चर्च ब्वाइज अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चर्चको जितमा अन्जन विष्ट र आशिष चापागाईले गोल गरे।
खेलको १४औँ मिनेटमा बेन क्वान्साले गोल गर्दै फ्रेन्ड्सलाई शुरूआती अग्रता दिलाए। उनले डोना थापाको फ्रिकिकमा हेडरमार्फत् गोल गरेका हुन्। पहिलो हाफसँग १-० गोलअन्तरको अग्रता कायम राखेको फ्रेन्ड्सले त्यसलाई जोगाउन सकेन। ८७औँ मिनेटमा अन्जनले पेनाल्टीमार्फत् गोल गर्दै चर्चलाई खेलमा फर्काए।
फ्रेन्ड्सका बेनले रन्जित पान्द्रेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि चर्च ले पेनाल्टी पाएको थियो। त्यसपछि खेलको इन्जुरी समयमा मौषम सुब्बाले दिएको पासलाई क्लेक्ट गर्दै आशिषले गोल गर्दै चर्चलाई २-१ गोलअन्तरको जित दिलाए।
जितसँगै चर्चले १४ खेलमा २४ अंक जोडेको छ। समान खेलबाट समान अंक जोडेको जावलाखेलसँग चर्च गोल संख्याको आधारमा पछाडि परेको छ। यता, फ्रेन्ड्सले समान खेलबाट १५ अंक जोडेको छ। फ्रेन्ड्स सातौँ स्थानमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
