जिल्ला अदालत काठमाडौँले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीले सचिव पाण्डेलाई पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौँ उपस्थित गराएको थियो। हाल उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत छन्। यसअघि गृह मन्त्रालयको सचिव थिए।
पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ। उनी २०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।
यही आरोपमा छानबिनका लागि भन्दै प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलगायतलाई पनि पक्राउको तयारी गरिरहेको छ। मंगलबार मात्रै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
यसअघि, नक्कली शरणार्थी बनाएर पठाउने समूहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परिसकेका छन्। उनीहरुको बयानका आधारमा प्रहरीले इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
