टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको छ।

काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार सन्दीपलाई बुटवलमा पक्राउ गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ। एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपविरुद्व बुधबार प्रहरीले पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

यसअघि आजै प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।