मंगलबार रातिदेखि परेको भारी वर्षाले रुवान्डाको उत्तरी र पश्चिमी प्रान्तमा ठूलो क्षति पुर्याएको छ। वर्षा नरोकिएकाले बाढी प्रभावितको उद्धारमा कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यम आरबीएले जनाएको छ।
रुवान्डाको उत्तरी र पश्चिमी प्रान्तमा बाढी र पहिरोमा परी कम्तीमा १३० जनाको मृत्यु भएको छ। मंगलबार रातिदेखि परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मानिसहरू सुतिरहेको समयमा बाढी र पहिरो गएकाले ठूलो क्षति भएको हो। रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी (आरबीए)का अनुसार बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको छ।
“बर्षापछि आएको बाढीले गर्दा दर्जनौँ स्थानमा पहिरो गएका छन्। रूखहरू ढलेका र सडक पुरिएका छन्। बाढीले बगानहरू पनि बगेका छन्। हामीले ठूलो समस्याको सामना गर्नुपरेको छ,” उत्तरी प्रान्तकी एक बाढीपीडित महिलाको भनाइ उद्धृत गर्दै आरबीएले लेखेको छ।
घाइतेको उद्धार र राहत प्रदान गर्ने प्रयास शुरू भइसकेको रुवान्डाका आपत्कालीन मन्त्री मारी सोलान्जे बताइन्। उनका अनुसार मार्चदेखि मेसम्म भारी वर्षा हुनु सामान्य भए पनि मंगलबार रातिको वर्षा असामान्य थियो।
यसअघि रुवान्डामा सन् २०२० मेमा आएको बढीमा ८० जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
