चालु आवको नौ महिनामा काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको खाद्यान्न तथा कृषिउपज निर्यात र नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको आयात भएको छ।
झापा– काँकडभिट्टा नाका हुँदै साउनयता १७ करोड रुपैयाँभन्दा बढीको बन्दागोभी भारत निर्यात भएको छ।
धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दागोभी निर्यात गरिएको हो। नौ महिनामा १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार १०३ मेट्रिक टन बन्दागोभी निर्यात गरिएको प्लान्ट क्वारेनटाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए।
उक्त अवधिमा १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको एक लाख ५६ हजार ९९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरको भनाइ छ। यस्तै काँकडभिट्टा नाका भएर नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको छ।
नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तु अलैँची, चिया, प्लाइउड र अदुवा हुन्। यस्तै धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
