नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। वर्षा र हिमपात नरोकिएकाले बेपत्ता हुनेको खोजीमा भने कठिनाइ भएको छ।
दार्चुला– व्याँस गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ।
नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। मंगलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका कमला कुँवर र प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरीका डीएसपी ईश्वरीदत्त भट्टले जानकारी दिए।
कमला र प्रवीण आमाछोरा हुन्। “पानी निरन्तर परिरहेको छ। आफ्नै भूमि प्रयोग गरेर शव खलंगा पठाउन सकिने अवस्था छैन,” उनले भने। भारतीय सीमा सुरक्षा बल (एसएसबी)सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टको भनाइ छ। दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित पनि आवश्यक समन्वय गरिरहेको उनले बताए।
हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी नक्नी डोल्मा थापा र सोही ठाउँकी ईश्वरी थापा छन्। “वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौँ,” डीएसपी भट्टले भने, “झन्डै फाँच फिट जति हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ।”
सशस्त्र प्रहरी बलको टोलीले मंगलबारदेखि बेपत्ताको खोजी गर्दै आएको छ। मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल हिउँले पुरिएका थिए।
दाउरा खोज्न गएकाको भने ज्यान जोगिएको थियो। हाल यार्सागुम्बा संकलकलाई सो क्षेत्रमा जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
