एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउन खोज्नु रहस्यमयी भएको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यपूर्ण भएको बताएका छन्।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाटै समाउन खोज्नु रहस्यमय भएको उल्लेख गरे।
“चार वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरू, एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन,” उनले भने, “यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।”
उनले पार्टी सचिव रायमाझीलाई ‘तानेका हो वा तनाएको हो’ भन्नेबारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै धारणा बनाइने बताए। कुनै पनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने उनको चेतावनी छ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिवरायमाझी लगायतका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यस घटनामा प्रहरीले रायमाझीका छोरा सन्दीपसहित अहिलेसम्म आठ जनालाई पक्राउ गरेको छ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली गरिएको भनिएको घटनाको जिल्ला प्रहरी परिसर काठमाडौँ अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार परिसरमा २३ करोड २५ लाख रुपैयाँ ठगिएको भन्दै अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। संगठित गिरोहले २०७७ सालदेखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
