पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमितका कारण एकको मृत्यु भएको छ भने ४३ संक्रमित थपिएका छन्।
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार बिहीबार १ हजार ३०१ नमुनाको परीक्षण गरिएको छ। जसमा ७४१ नमुनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, ५६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो विवरणअनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म १२ हजार ३१ जना संक्रमितले ज्यान गुमाएका छन्।
देशभर २०२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार बिहीबार दिउँसो २ बजेसम्मको विवरणअनुसार २६ गते संस्थागत आइसोलेसनमा रहेका छन्।
त्यस्तै, १२ जनाको आईसीयूमा र गम्भीर अवस्थामा रहेका एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। बिहीबार ५० जना निको भएर डिस्चार्ज भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
