जितसँगै कोलकत्ता आठौँ स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ।
गएराति राजिव गान्धी स्टेडियममा घरेलु टोली ५ रनले स्तब्ध बनेको हो।
१७१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।
हैदराबादका लागि कप्तान आइडन मरक्रमले ४० बलमा ४ चौकासहित ४१ रन बनाए। हेइनरिच क्लासनले ३६, अब्दुल समादले २१ तथा राहुल त्रिपाठीले २० रन बनाए।
कोलकत्ताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २/२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो।
कोलकत्ताका रिंकु सिंहले ४६ तथा कप्तान नितिश राणाले ४२ रन बनाए। यस्तै आन्द्रे रसेलले २४ रन बनाएका थिए।
हैदराबादका म्याक्रो जनसेन र टी नटराजनले समान २/२ विकेट लिए।
जितसँगै कोलकत्ता आठौं स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
