प्रागऐतिहासिक कलाकृति एक विशेष व्यक्तिको अनुवांशिकसँग मिलेको यो अहिलेसम्मकै पहिलो खोज भएको बताइएको छ।
वैज्ञानिकहरूले साइबेरियाको एक गुफाभित्र करीब २० हजार वर्ष पुरानो पेन्डेन्ट भेटाएका छन्। हालै भेटिएको पेन्डेन्ट १९ हजारदेखि २५ हजार वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताको भनाइ छ।
जरायो प्रजातिको सबैभन्दा ठूलो जनावर एल्कको दाँतमा प्वाल पारेर बनाइएको प्राचीन महत्त्वको पेन्डेन्टलाई वैज्ञानिकहरूले सावधानीपूर्वक गुफाबाट निकालेको बताइएको छ। प्राचीन डीएनए निकाल्ने नयाँ विधि अपनाएर यो पेन्डेन्ट लामो समयसम्म कसले लगाएको थियो भन्नेसमेत वैज्ञानिकहरूले पहिचान गरेका छन्।
पाषाण युगका शिकारी र संग्रहकर्तासँग निकट रहेकी एक महिलासँग यो प्राचीन वस्तु जोडिएको बताइएको छ। ती महिला साइबेरियाको गुफानजिकै पूर्वी क्षेत्रमा बस्ने गरेको पनि अनुसन्धानबाट खुलेको एनबीसी न्युजले जनाएको छ। वैज्ञानिकहरूका अनुसार पेन्डेन्ट प्रयोग गर्दा ती महिलाले छालाको पन्जा र मुखमा मुखौटा लगाउने गरेकी थिइन्।
प्रागऐतिहासिक कलाकृति एक विशेष व्यक्तिको अनुवांशिकसँग मिलेको यो अहिलेसम्मकै पहिलो खोज भएको बताइएको छ। हजारौँ वर्षअघि कसैले प्रयोग गर्ने क्रममा छिद्रजन्य वस्तुहरू हड्डी, दाँतभित्र प्रवेश गरेका छालाका कोष, पसिना र शरीरका अन्य पदार्थलाई यस विधिले डीएनएबाट छुट्याउँछ।
कसैले निजी रूपमा प्रयोग गरेका पेन्डेन्ट, माला, औँठी, बालाजस्ता वस्तुको अध्ययनमा अतीतको व्यवहार र संस्कृतिप्रति अन्तर्दृष्टिका लागि नयाँ विधिको डीएनए अध्ययनले सहयोग गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
