शिक्षक युनियनका प्रतिनिधिले अपराधी पक्राउ नपर्दासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। आन्तरिक मन्त्री राना सानाउल्लाह खानले अपराधमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
पाकिस्तानको खिबेर पाख्तुनख्वाको कुराम जिल्लामा छुट्टाछुट्टै आक्रमणका घटनामा पाँच शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।
शालोजन र तेरी मेंगल क्षेत्रमा गोली प्रहारका घटना भएको पाकिस्तानी पत्रिका डनले जनाएको छ। उक्त क्षेत्रमा अवस्था सामान्य बनाउन स्थानीय आदिवासी नेतासँग छलफल भइरहेको उपल्लो कुरामका जिल्ला प्रहरी अधिकृत मोहमद इमरानले जनाएका छन्।
शिक्षक युनियनका एक प्रतिनिधिले अपराधी पक्राउ नपर्दासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। उनले पारनचिनार प्रेस क्लबअघि प्रदर्शन गर्दै आफ्नो क्षेत्रका सबै विद्यालयलाई शुक्रबारदेखि बन्द गर्न आह्वान गरेका छन्।
यता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बिहीबारको घटनाको निन्दा गरेका छन्। उनले मृतक शिक्षकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
पाकिस्तानका आन्तरिक मन्त्री राना सानाउल्लाह खानले अपराधमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
