माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका क्षेत्रमा दुर्घटनामा परेको हो।
काठमाडौँ– सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना भएको छ।
दुर्घटनामा परेकाे भएको खबर आए पनि विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका क्षेत्रमा दुर्घटनामा परेको हो।
भोटखोला गाउँपालिका–४ सिप्रुङमा अवतरण गर्ने क्रममा भित्तामा पंखा ठोक्किएर दुर्घटना भएको सो वडाका वडाध्यक्ष विकाश तामाङले जानकारी दिए।
पाइलटसहित ५ जना घाइते
गाउँपालिका अध्यक्ष वाङ भोटेका अनुसार दुर्घटनामा पाइलटसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पाइलट विमल पौडेल, स्थानीयहरू छिरिङ भोटे, भविन गुरुङ र सुरेन्द्र पौडेल रहेका छन्।
अर्का एक जनाको परिचय खुलेको छैन। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
