वेस्टमिन्स्टर आबीमा राज्याभिषेक लिने चार्ल्स तृतीय ४०औँ राजा हुनेछन्। उनको राज्याभिषेक समारोहमा उपस्थित हुन नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बिहीबार नै बेलायत पुगिसकेका छन्।
बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकको दिन आज। राजा चार्ल्सले रानी क्यामिला (क्विन कन्सोर्ट) का साथमा लन्डनको चर्चित चर्च वेस्टमिन्स्टर आबीमा राज्याभिषेक लिँदैछन्। राज्याभिषेक स्थानीय समयानुसार शनिबार ६ बजेबाट शुरू हुँदैछ। सन् १९५३ मा स्वर्गीय रानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक भएको ७० वर्षपछि शनिबार उनका जेठा छोरा ७४ वर्षीय चार्ल्स तृतीयको राज्याभिषेक हुन लागेको हो।

संसारमै सबैभन्दा बढी उमेरमा राज्याभिषेक हुन लागेका राजा तृतीय हाल १५ वटा कमनवेल्थ मुलुकका प्रमुख समेत हुन्। आमा रानी एलिजाबेथको राज्याभिषेकका बेला चार्ल्स केबल चार वर्षका थिए। त्यतिबेला रानीको राज्याभिषेक हरेक किसिमले विशेष र भव्य रहेको बताइन्छ। रानी एलिजाबेथ बेलायती इतिहासमै सबैभन्दा बढी समय ⁽७० वर्ष⁾ शासन गरेकी थिइन्।
उनको सन् २०२२ को सेप्टेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। यद्यपि राजाले उनकी आमाको राज्याभिषेकको तुलनामा आफ्नो समारोह कम भव्य होस् भन्ने चाहेको बताएका छन्। रानी एलिजाबेथको निधनपछि लन्डनको सेन्ट जेम्स दरबारमा उनी औपचारिक रूपमा राजा घोषित भएका थिए। त्यतिबेला उनले आफ्नी आमाको पदचाप पछ्याउने बताउँदै आमाको प्रतिबद्धता र त्यागको तुलना कसैसँग पनि नहुने बताएका थिए। अब उनको जेठा छोरा विलियम उनका उत्तराधिकारी बनेका छन्।
वेस्टमिन्स्टर आबीमा राज्याभिषेक लिने चार्ल्स तृतीय ४०औँ राजा हुनेछन्। राजा चार्ल्सको राज्याभिषेक समारोह हेर्न विभिन्न देशबाट राजपरिवारका प्रतिनिधिहरू, नेताहरू, विशेष पाहुना, सशस्त्र बलसहित करिब दुई हजार पाहुना सहभागी हुने अपेक्षा गरिएको छ। यस दिन १ हजार वर्षभन्दा अगाडिदेखि अभ्यास हुँदै आएका कतिपय परम्परा प्रदर्शन गरिने छ। नेपालबाट पनि परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली राज्याभिषेक समारोहमा उपस्थित हुन बिहीबार नै बेलायत पुगिसकेको छ। नेपाल र बेलायतबीच दशकौँदेखि द्विपक्षीय कूटनीतिक र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। महारानी एलिजाबेथले नेपालको राजकीय भ्रमण समेत गरेकी थिइन्। त्यसैले चार्ल्सको राज्याभिषेक नेपालीका लागि पनि चासोको विषय बनेको छ।
राज्याभिषेक समारोहमा राजा चार्ल्सले राजमुकुटसमेत पहिरिनेछन्। दुई किलो २३ ग्रामको तौलको सुन, हीरा र बहुमूल्य रत्न र धातु जडित श्रीपेच आर्कबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई पहिराइदिनेछन्। टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह संसारभरिका मानिसले हेर्ने अपेक्षा छ।

सन् १९४८ नोभेम्बर १४ मा बेलायतको बकिङघम राजदरबारमा जन्मेका राजा चार्ल्स २० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषित गरिएको थियो। राजपरिवारका प्रिय र चर्चित मानिएका चार्ल्स र लेडी डायना स्पेन्सरसँगको बिहेपछि थप चर्चित बनेका थिए। उनीहरूले २९ जुलाई १९८१ मा विवाह गरेका थिए। उनीहरूबाट दुई सन्तान युवराज विलियम र राजकुमार ह्यारीको जन्म भयो। तर लेडि डायनासँग वैवाहिक सम्बन्ध बिग्रिएपछी भने चार्ल्सको आलोचना हुन थालेको थियो।
किनकि त्यतिबेला चार्ल्स र अहिलेकी श्रीमती क्यामिलाबीचको प्रेमसम्बन्धको चर्चा थियो। पछि चार्ल्ससँग अलग बस्न थालेकी राजकुमारी लेडि डायनाको सन् १९९७ को अगस्ट ३१ मा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा परी निधन भएको थियो। त्यसको आठ वर्षपछि चार्ल्सले प्रेमिका क्यामिला पार्करसँग सन २००५ मा विवाह गरेका थिए। उनीहरूका तर्फबाट कुनै सन्तान छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
