नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन्।
काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानमा सरकारको साथ रहने प्रतिबद्धता जनाएका छन्।
नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारले सहयोग गर्ने बताएका हुन्। “तपाईँहरूले काम र व्यवहारद्वारा नयाँ पहिचान बनाउनुभएको छ,” उनले भने, “मानव सेवाको उद्देश्यलाई सफल पार्न सरकारले सहयोग गर्छ। यस विषयमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्छु।”
उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा महान् काम भएको बताए। “नेपालमा पनि यस्ता संस्था छन्, जो सम्पूर्ण रूपले मानव सेवामा समर्पित भएको देख्न पाउँदा गौरव महसुस गरेको छु,” उनले भने। २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने आश्रमको लक्ष्य छ। देशका विभिन्न स्थानमा रहेका मानव सेवा आश्रममा एक हजार ६०० असहाय नागरिकले आश्रय लिइरहेका छन्। नेपालमा ४०० जना सहयोगापेक्षी सडक आश्रित मानव रहेका अनुमान छ।
आश्रमका अध्यक्ष रामजी दाहालले कसैले पनि असहाय भएर सडकपेटी र सार्वजनिकस्थलमा बस्न नपर्ने राष्ट्र निर्माणका लागि काम गरिरहेको बताए। तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ। मानव सेवा आश्रमले १९ जिल्लामा २३ आश्रम सञ्चालन गरिरहेको छ।
मकवानपुर, झापा, मोरङ, सर्लाही, धनुषा, पर्सा, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङ, गोरखा, बागलुङ, सुर्खेत र कैलालीमा आश्रम सञ्चालनमा छन्। हालसम्म विभिन्न १३ स्थान सहयोगापेक्षी सडक आश्रित मानवमुक्त क्षेत्र घोषणा भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
