नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकामाथि छानबिनको ग्यारेन्टी नहुँदासम्म संसद् चल्न दिदैनौँ : अमरेश सिंह
सांसद सिंहले आइतबारको संसद् बैठकमा रास्वपा, जनमत, राप्रपा र स्वतन्त्र सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहितका व्यक्तिहरूमाथि स्वच्छ छानबिन हुनुपर्ने आवाज उठाउने बताए।
काठमाडौँ– नक्कली भुटानी शरणार्थीमा मुछिएका पूर्वगृहमन्त्रीसहितका व्यक्तिमाथि पूर्ण छानबिनको माग गर्दै साना दल र स्वतन्त्र सांसदहरूले आइतबारको प्रतिनिधिसभा बैठकमा आवाज उठाउने भएका छन्।
प्रतिनिधिसभा सदस्य अमेरशकुमार सिंहले शनिबार वीरगन्जमा पत्रकारहरूसँगको कुराकानीमा केही साना दल र स्वतन्त्र सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकामाथि छानबिनको माग गर्दै संसद् घेराउ गर्ने तयारी गरिएको जानकारी दिएका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र सांसदहरूले भुटानी शरणार्थी प्रकरणमा पूर्ण रूपमा स्वच्छ छानबिनको ग्यारेन्टी नभएसम्म आइतबारबाट शुरू हुने संसद् अधिवशेन चल्न नदिने तयार गरेको बताए।
“नेपालीलाई भुटानी शरणार्थीको कार्ड बनाएर अमेरिका पठाउने जुन भ्रष्टाचार छ, तत्कालीन गृहमन्त्रीहरूलाई पनि कानूनको दायरामा ल्याउनुपर्छ। अनुसन्धानको दायरा ल्याउनुपर्छ। उनीहरूको संलग्नता छ भने उनीहरूमाथि कारबाही हुनुपर्छ,” उनले भने, “टेकनाथ पाण्डे गृहसचिव हुँदा फस्ने, त्यो बेलाका गृहमन्त्री किन नफस्ने? गृहमन्त्रीको सल्लाह र आदेशबिना काम कसरी गर्न गर्छन्?”
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्रीहरूमाथि छानबिन गरी दोषी भेटिए कारबाही हुनुपर्ने उनको धारणा छ। “चाहे तत्कालीन गृहमन्त्री टोपबहादुर रायमाझी हुन्, चाहे रामबहादुर थापा बादल हुन्, चाहे बालकृष्ण खाँण जो संलग्न छन् तिनीहरूलाई कारबाही हुनुपर्छ,” उनले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर भेट गरिरहेको विषयबारे आफूहरूले नजिकबाट नियाली रहेको बताए। उनले नेपाली कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरिरहेको उल्लेख गर्दै आफूले पनि प्रधानमन्त्रीलाई भेटेर भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिन खोजिए सदन चल्न नदिने दबाब दिएको बताए।
उनले जबसम्म भुटानी शरणार्थीसँग जोडिएका भ्रष्टाचारीहरूलाई कारबाहीको ग्यारेन्टी हुन्न तबसम्म संसद् चल्न नदिने दाबी गरे। उनले भने, “जबसम्म हामी भ्रष्टाचारीहरूलाई कारबाहीको ग्यारेन्टी हुँदैन तबसम्म संसद् चल्न दिँदैनौँ। संसद्मा यसबारे आवाज उठ्छ।” उनले भ्रष्टाचारीलाई जोगाउन कुनै पनि मिडियाले भूमिका खेल्न नहुने बताए।
उनले आफूहरूले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनमा कसरी प्रभावकारी रूपमा प्रस्तुत हुने भन्ने विषयमा रास्वपाका सांसद स्वर्णिम वाग्ले, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूसँग छलफल गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
