प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने र कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू क्रमशः खुल्दै जाने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका हुन्। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने उनको भनाइ छ।
उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए।
“मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया शुरू भएको छ। यो शुरूआत मात्रै हो। यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ,” उनले भने।
उनले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउन सक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने जिकिर गरे।
प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गर्जिन सके बहुमतमा पुग्ने बताए। “अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरूले बडो व्यंग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेर त भन्थे, माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
