जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताएका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताए।
उनले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यकता पनि औँल्याए।
“मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्त्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ। त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो,” उनले भने।
उनले ‘कर्म्फटेबल मेजरिटी’ भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे। “पाँच दलीय गठबन्धनको सरकार हो। र, गठबन्धनसँग पर्याप्त मत छ। संख्या छ,” उनले भने।
सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको उनको भनाइ छ। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरूले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनले सुनाए।
अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए। थुप्रिएर रहेको पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको तर्क थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
