यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
काठमाडौँ– संघीय संसद्को दुवै सदनको वर्षे (बजेट) अधिवेशन आजदेखि शुरू हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप अधिवेशन प्रारम्भ हुन लागेको हो। अधिवेशनको पहिलो बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा अपराह्न ४ बजेका लागि बोलाइएको छ।
यस अधिवेशनमा मुख्य रूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा 'आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस्' भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र पढेर सुनाउने छन्। त्यसपछि सभामुख घिमिरेले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
