मछिन्द्रका फरवार्ड मनिष डाँगी र विंगर आयुष घलानसहित स्टार खेलाडी उतारेको संकटाले यस सिजनका १५ मध्ये ४ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा चित्त बुझाएको छ।
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यसपटक सबै टोली १९/२० कै अवस्थामा छन्। त्यसो नहुँदो हो त बिहीबारसम्म अंक तालिकामा ११औँ स्थानमा रहेको संकट क्लब अहिले रेलिगेसन जोनमा किन पुग्थ्यो र? त्यसैले जारी लिगमा कसले उपाधि जित्छ? र को रेलिगेसनमा पर्छ? भनेर अहिले नै आकलन गरिहाल्नु हतारो हुन्छ।
बिहीबार बेलुकासम्म रेलिगेसन जोनमा एफसी खुमलटार, फ्रेन्ड्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब थिए। खुमलटारको १४ अंक थियो भने फेन्ड्स र पुलिसको त्योभन्दा १ अंक बढी। त्यसभन्दा माथि थिए १६/१६ अंक जोडेका संकटा क्लब र न्यूरोड टिम (एनआरटी)। उनीहरू क्रमशः ११औँ र १२औँ स्थानमा थिए।
तर, बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले विभागीय टोलीलाई पराजित गर्दै संकटलाई उछिनेन मात्रै उसले रेलिगेसन जोनसमेत छाड्यो। त्यही दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग पराजित हुनु र त्यसको भोलिपल्ट उपाधि दाबेदार मानिएको जावलाखेललाई पुछारमा रहेको खुमलटारले ४–२ गोल अन्तरले पराजित गर्दै तीन स्थान सुधार गर्दा संकटा रेलिगेसन जोनमा धकेलियो।
१३औँ स्थानमा रहेको संकटलाई आइतबार विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध प्रभावशाली जित खाँचो थियो किनकि उसलाई रेलिगेसन जोनबाट उक्लिनु थियो। तर, एन्फा कम्प्लेक्समा भएको खेलमा संकटले त्यस्तो प्रभावशाली खेल प्रदर्शन गर्नै सकेन र १–१ गोलको बराबरी खेलेको छ।
जारी लिगमा संकटाको यो पाँचौँ बराबरी हो। मछिन्द्रका फरवार्ड मनिष डाँगी र विंगर आयुष घलानसहित स्टार खेलाडी उतारेको संकटाले यस सिजनका १५ मध्ये ४ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा चित्त बुझाएको छ।
पहिलो लेगमा संकटाले आर्मीलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो लेगमा भने आर्मीविरुद्ध संकटाले आफ्नो खेललाई सुधार गर्न सकेन। आर्मीका लागि भरत खवासले गोल गरे। यस्तै, संकटाका लागि युसेफ आर्टिसले बराबरी गोल फर्काए।
भरतले खेलको १८औँ मिनेटमा संकटाविरुद्ध गोल गरेका थिए। पहिलो हाफमा १–० गोल अन्तरले पछाडि परेको संकटालाई खेलमा फर्किन पेनाल्टीको साहयता लिन परेको थियो। उसले दोस्रो हाफको इन्ज्युरी समयको छैटौँ मिनेटमा पेनाल्टी पायो। जसलाई आर्टिसले गोलमा परिणत गरे र संकटाको हार टारे।
योसँगै संकटा १५ खेलमा १७ अंक जोडेर १०औँ स्थानमा पुगेको छ। संकटा रेलिगेसन जोनमा रहेका पुलिसभन्दा २ र फ्रेन्ड्सभन्दा १ अंकले मात्रै अगाडि छ। संकटाले नेपाल पुलिसलाई ३–०, खुमलटारलाई १–०, एनआरटीलाई २–१ र एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको थियो।
तर, मनाङ मर्स्याङ्दीसँग १–०, मछिन्द्रसँग पहिलो लेगमा २–१ र दोस्रो लेगमा ३–१, फ्रेन्ड्ससँग ३–१, थ्रीस्टारसँग ३–० र सातदोबाटोसँग ४–० गोल अन्तरले पराजित भएको थियो। यस्तै, आर्मी, चर्च ब्वाइज र हिमालयन शेर्पासँग गोलरहित बराबरी खेल्दा जावलाखेल यूथ क्लबसँग संकटाले १–१ गोलको बराबरी खेलेको थियो। आर्मी १५ खेलबाट ५ जित, ६ बराबरी र ४ हारसहित २१ अंक जोडेर छैटौँ स्थानमा यथावत् छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
