एमालेका प्रमुख सचेतक पदम गिरीले बाँसबारी र बालमन्दिरको जग्गा घोटाला लगायतका प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ– नेकपा एमालेले बाँसबारी र बालमन्दिरको जग्गा घोटालामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले बाँसबारी र बालमन्दिर लगायतका जग्गा घोटालामा संलग्न रहेकालाई कारबाही गर्न आवाज उठाएका हुन्।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी, मातातीर्थ, यति, ओम्नी, लडाकु शिविरमा भएको घोटाला, बजेटमा बिचौलियाको प्रवेशलगायतका प्रकरणमा जोडिएका व्यक्तिलाई पनि कारबाही गर्न माग गरे।
“नक्कली भुटानी शरणार्थीको विषय उठेको छ। हाम्रो राष्ट्रियसभाको सांसद पार्वती रावलले गत भदौ २२ मा यस विषयमा गम्भीरताका साथ उठाउनु भएको थियो सुन्ने काम भएन,” उनले भने, “जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचार अनियमितता, कानुन हातमा लिने कुरा छानबिनको दायरामा ल्याउनुपर्छ। हामी सबै दृढताका साथ उभिएका छौँ।”
प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो ट्रेलर मात्रै हो फिल्म बाँकी छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै आफूहरू फिल्म हेर्न तयार रहेको बताए। “हरेक काण्डको मुछिएका मानिसलाई कारबाही गर्न हिम्मत गर्नुपर्छ। एमाले एकताबद्ध हुन्छ हाम्रो साथ र सहयोग रहन्छ। दोषीलाई उम्काउनुपर्छ भन्नेमा छैनौँ,” उनले भने।
काठमाडौँको नक्सालमा अनाथ बालबालिका लागि जोहो गरिएको बालमन्दिर ५७ रोपनी जग्गा र बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा पहुँचवाला व्यापारीलाई सुम्पन गरेका अनेक चलखेल उकालोले शृंखलाबद्ध रूपमा उजागर गरेको थियो।
अनाथ बालबालिकालाई भनेर जोहो गरिएको २८ रोपनी ५ आना जग्गामा व्यापारिक घराना विशाल ग्रुपले दुइटा निजी विद्यालय, वृहस्पति विद्या सदन र राय स्कुल चलाइरहेको छ। जग्गा लिजमा लिने–दिने सम्झौता गर्दा प्रचलित कानून, बाल संगठनका आफ्नै कार्यविधि र निर्देशिकाको समेत लत्त्याएको सार्वजनिक भइसकेको छ।
यो पनि : बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ
यता, बाल संगठन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी ४ आना जग्गा ठेकेदार–व्यापारी मनोज मिश्रलाई दिन संगठनका तत्कालीन अध्यक्ष रीता सिंहले गरेको सम्झौता खारेज भएको छ।
यो पनि : बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’
बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज
त्यस्तै, चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा अहिले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ अरुण र बुहारी शीलाको नाममा छ। तर, त्यो जग्गामा चौधरी ग्रुपअन्तर्गतको ‘सीजी एजुकेसन’ले चाँदबाग स्कुल चलाइरहेको छ। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि अहिले फाइल नै ‘गायब’ छ।
यो पनि : बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्याएको आयोग प्रतिवेदन
अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
