लट्री भर्ने क्रममा आरोनले अनलाइनमा भेटिएका बेग्लाबेग्लै नम्बर मिलाएर ज्याकपट हात पारेका हुन्। उनले सो लट्री टिकट सेप्टेम्बर १५ मा वारेनस्थित एक पसलबाट लिएको बताएका छन्।
अमेरिकाको मिसिगनका ५० वर्षीय आरोन इसेनमाचरलट्री 'ज्याकपट' विजेता बन्दै हरेक वर्ष २५ हजार अमेरिकी डलर पाउने भाग्यशाली व्यक्ति बनेका छन्। यो रकम नेपालीमा ३३ लाख २६ हजारभन्दा बढी हुन आउँछ।
उनले सो रकम एकैपटक लिने निर्णय गरेका छन्। उनले ज्याकपटबापतको कूल रकम ३ लाख ९० हजार अमेरिकी डलर अर्थात् ५ करोड १८ लाख ९७ हजार रुपैयाँ लिएका हुन्।
लट्री भर्ने क्रममा आरोनले अनलाइनमा भेटिएका बेग्लाबेग्लै नम्बर मिलाएर ज्याकपट हात पारेका हुन्। उनले सो लट्री टिकट सेप्टेम्बर १५ मा वारेनस्थित एक पसलबाट लिएको बताएका छन्। उनलाई ज्याकपट जिताएको अंक ०२–१८–२७–४१–४५ हो।
“मैले सारा जिन्दगी लट्री किनेँ तर पछिल्लो समय मात्रै भाग्यमानी बन्न पुगेँ। मैले लट्रीमा प्रायः उस्तै सेटका अंकहरू प्रयोग गर्थेँ। नयाँ टिकट किनेपछि मैले सधैँझैँ उही अंकहरूमा खेलिरहेको थिएँ। तर मैले पछि अनलाइनमा भेटिने र्यान्डम नम्बर जेनेरेटरका अंकहरू प्रयोग गर्ने निर्णय गरेँ अनि सोही अंकले नै लट्री जितायो।”
मैले त्यो दिन विजेता नम्बरहरू अनलाइनमा हेरिरहेको थिएँ। जब मेरो पाँचौँ अंक पनि मिल्यो विश्वासै गर्न सकिनँ। सबैभन्दा आश्चर्यजनक त के भने मैले जुन अंक अनलाइनको र्यान्डम नम्बर जेनेरेटरबाट लिएको थिएँ त्यसैले अन्त्यमा मलाई जितायो। पत्यार नै नलागेर मैले मेरो टिकट एपमा धेरै पटक स्क्यान गरेको थिएँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
