जितसँगै मछिन्द्र १५ खेलमा ६ जित, ६ बराबरी र तीन हारको नतिजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार साबिक विजेता मछिन्द्र क्लबले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले एपीएफले लिएको अग्रतालाई उल्टाउँदै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो। प्रतिस्पर्धात्मक खेलको ३६औँ मिनेटमा अर्मान्ड विडोमले एपीएफलाई अग्रता दिलाएका थिए। विडोमले विकी तामाङले उपलब्ध गराएको बललाई गोलमा परिणत गरेका थिए।
पहिलो हाफको इन्जुरी समयमा ओमोलाजा करिमले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याएपछि दोस्रो हाफ थप रोमाञ्चक भएको थियो। दोस्रो हाफमा दुवै टोलीले अगाडि बढेर खेल्दै केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। खेलको इन्जुरी समयमा ओलावाले अफिजले गोल गर्दै मछिन्द्रलाई २–१ को रोमाञ्चक जित दिलाए। अफिजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।
यसअघि २५औँ मिनेटमा पूजन उपरकोटीको प्रहारलाई एपीएफका गोलकिपर एन्जल श्रेष्ठले बचाएका थिए। ६७औँ मिनेटमा नवीन लामाको कर्नर प्रहारलाई मछिन्द्रका गोलकिपर विशालले श्रेष्ठले पन्च गर्दै टोलीको संकट टारे। ७२औँ मिनेटमा एपीएफका नविनको प्रहारमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै प्रयासलाई विफल बनाउन सफल भए।
यसअघि पहिलो लेगमा एपीएफ १–० ले विजयी भएको थियो। जितसँगै मछिन्द्र १५ खेलमा ६ जित, ६ बराबरी र तीन हारको नतिजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ। यो दोस्रो स्थानमा रहेको जावलाखेल र तेस्रो स्थानमा रहेको थ्री स्टारसँग बराबरी अंक हो। पराजय बेहोरेको एपीएफ समान खेलमा पाँच जित, चार बराबरी र ६ हारको नतिजासहित १९ अंक जोडेर नवौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
