च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मी पुग्न नसकेपछि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान पठाइएको छ।
मुगु- च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी र बेपत्ता भएकाका आफन्तसहित २० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी गराए। वैशाख २२ गते नै इलाका प्रहरी चौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ।
हिउँ पर्ने स्थान भएको र उच्च हिमाली क्षेत्र पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पन्थीले बताए। स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो।
मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते संकलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्लाको पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ प्रस्थान गरेका थिए। पाटनमा जाँदै गर्दा च्याखु लेकमा पुगेपछि वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो खसेको थियो।
हिउँ पहिरोमा परी तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्ता भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
