सोमबार बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल शुरू हुनेछ। यो 'प्रि-बजेट' छलफल वैशाख २७ गतेसम्म चल्नेछ।
काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा आज (सोमबार) बाट 'प्रि-बजेट' छलफल शुरू हुँदैछ।
संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्नेछ। सोमबारदेखि वैशाख २७ गतेसम्मका बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल शुरू हुने सचिवालयले जनाएको छ।
सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रिबजेटमाथि छलफल गर्ने कार्यसूची तय भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बर्षे अधिवेशन आह्वान गरेपछि आइतबार अधिवेशन शुरू भएको थियो। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए। बर्षे अधिवेशनलाई बजेट अधिवेशन पनि मानिन्छ।
छलफलमा उठेका सवालमा वैशाख २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यतालिका छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
