काठमाडौँ उडेको श्री एअरलाइन्सको विमान फेरि भैरहवा नै फर्काउनु परेपछि भैरहवा विमानस्थलका सबै उडानहरू केही बेर प्रभावित भएका छन्। अहिले विमानस्थल सामान्य अवस्थामा आइसकेको छ।
काठमाडौँ- श्री एअरलाइन्सको एउटा विमानका कारण सोमबार बिहान भैरहवा विमानस्थल झण्डै आधा घण्टा अवरुद्ध भयो।
भैरहवा–काठमाडौँको नियमित उडान तालिकामा रहेको एसएच ८२२ नम्बरको विमान उडेलगत्तै त्यसको ल्यान्डिङ गियर (पाङ्ग्रा) अड्किएको थियो। उडान र अवतरणका बेला बाहिर निकालिने विमानको पाङ्ग्रा निश्चित उचाइमा गएपछि भित्र पस्नुपर्नेमा नपसेर समस्या आएको भैरहवा विमानस्थलका प्रमुख हंशराज पाण्डेले बताए।
त्यस्तो प्राविधिक समस्या देखिनासाथ चालकले विमानलाई बीचबाट फर्काएर भैरहवामै अवतरण गराएका थिए। काठमाडौँमा पुगेर अवतरण गर्नेबेला थप समस्या आउन सक्ने भएकाले सतर्कताका साथ विमानस्थलसँगको समन्वयमा विमान फर्काइएको थियो।
अवतरण सामान्य र सुरक्षितसाथ गराइएको उक्त विमानलाई धावनमार्गबाट एप्रोनतर्फ घुमाउने क्रममा पुनः पाङ्ग्रा अड्किएपछि करिब आधा घण्टा विमानस्थलमा अन्य उडान र अवतरण बन्द गरिएको पाण्डेले जानकारी दिए। केहीबेरपछि आफ्नै इञ्जिनको पावरबाट विमानलाई सुरक्षितसाथ एप्रोनमा पुर्याइएको र त्यसका सबै यात्रुहरूलाई वैकल्पिक उडान मार्फत् काठमाडौँ पठाइएको विमानस्थल कार्यालयले जनाएको छ।
धावनमार्ग अड्किएको विमानका कारण काठमाडौबाट भैरहवाका लागि उडेको यति एअरलाइन्सको विमान पुनः काठमाडौँ नै फर्किएको थियो। अवरोध हटेपछि भैरहवा विमानस्थलका सबै उडानहरू सामान्य अवस्थामा आइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
