राष्ट्रियसभा सदस्य कमला पन्तले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताएकी छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य कमला पन्तले पाँच सय र हजारका नोटलाई प्रतिबन्ध गर्नुपर्ने माग गरेकी छन्। सोमबार राष्ट्रियसभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताइन्। “बोरामा बाँधेका पैसाहरूलाई निकाल्न पाँच सय र हजारका नोटलाई ब्यान गरौँ। यदि, हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्न सके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ,” उनले भनिन्।
सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सदस्य पन्तले सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरिन्। उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन्। उनले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
