सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै तत्कालका लागि उनको सांसद पद नजाने भएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको सांसद पदबाट हटाउने कारबाही उल्ट्याउन माग गर्दै ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई कारबाही गर्नुको कारण पेस गर्न रास्वपाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
रास्वपाले श्रेष्ठलाई सांसदबाट हटाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी २०७९ चैत २९ गते कारबाही गरेको थियो। श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको 'कोर टिम'लाई दिने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे २ करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनीलाई कारबाही गरेको थियो।
रास्वपाको केन्द्रीय आचरण तथा अनुसन्धान समितिले कारबाहीका लागि सिफारिस गरेअनुसार उनी पार्टीको कारबाहीमा परेका थिए। उनले पार्टीको समितिलाई विपक्षी बनाइ आइतबार सर्वोच्चमा आइतबार रिट निवेदन दिएका थिए। अदालतले उनको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएसँगै उनको सांसद पद तत्कालका लागि कायमै रहने भएको छ।
छानबिनका क्रममा उनले उक्त अडियो आफ्नो नभएको दाबी गरेको बताइएको थियो। उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। रास्वपाले श्रेष्ठलाई सांसदबाट हटाएपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई पठाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
