अमेरिकी नागरिकता त्यागसम्बन्धी निस्सा पेश गर्न नलगाई कायम नरहेको नागरिकताको प्रतिलिपि उपलब्ध गराई सोही आधारमा लामिछाने उपनिर्वाचनमा उम्मेदवार बनेको रिट निवेदनमा उल्लेख छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन पेश गरेका छन्।
अमेरिकी नागरिकता त्यागेको निस्सा पेश नगरी नागरिकता लिएर उपनिर्वाचनमा उम्मेदवार बनेको भन्दै उनले लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय, सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्य, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभालाई विपक्षी बनाइ सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्।
गत माघ १३ गते लामिछानेले नेपाल नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता नियमावली, २०६३ बमोजिम विदेशको नागरिकता त्याग गरेको निस्सा पेश नगरी सांसद बनेको भन्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो। त्यसपछि लामिछानेले पुनः नागरिकता बनाएका थिए।
तर, नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम जिल्ला प्रशासन कार्यालयले लामिछानेलाई अमेरिकी नागरिकता त्यागसम्बन्धी निस्सा पेश गर्न नलगाई कायम नरहेको नागरिकताको प्रतिलिपि उपलब्ध गराई सोही आधारमा लामिछाने उपनिर्वाचनमा उम्मेदवार बनेको रिट निवेदनमा उल्लेख छ। साथै यस विषयमा निर्वाचन आयोगमा उजुरी पर्दासमेत वैशाख ५ गते निर्वाचनमा भाग लिन दिएको विवरणमा उल्लेख छ।
निर्वाचन आयोगले गत माघ २९ गते उपनिर्वाचनको घोषणा गरेको थियो। गत वैशाख १० गते लामिछाने पुनः चितवन २ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
लामिछानेले अदालतको आदेशपछि पनि कायम नरहेको नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएकाले नेपाली नागरिकता पुनः प्राप्त भएको मान्न नसकिने जिकिर रिटमा छ।
नेपालको संविधानको धारा ८७(१)(क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८९(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३(क) को अवस्था विद्यमान भएको हुँदा उत्प्रेषणको आदेशले लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एवं निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गर्न रिटमा माग गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
