एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताए। उनले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताए। सो प्रकरणमा आफूहरूको पूरा साथ, सहयोग रहने उनले उल्लेख गरे।
"भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनु पर्छ। त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताकासाथ अगाडि बढ्नुपर्छ। उहाँको जाँचको बेला पनि आएको छ। हाम्रो पूरा साथ सहयोग रहन्छ," उनले भने।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरे। उनले सांसद सिंह गैरजिम्मेवार भएर प्रस्तुत भएको बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद भने सिंहले अर्धनग्न भएर प्रजातान्त्रिक अधिकार प्रयोग गरेको बताए। उनले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे।
“कुनै देशको संसद्मा त्यस्तो गरेको देख्नुभएको थियो उहाँले यहाँ प्रयोग गर्नुभएको हो,” उनले भने, “थोरै सांसद भएकालाई बोल्न नदिने भनेर संसदले रोकेको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
