वैज्ञानिकहरूले पुतलीको एक नयाँ प्रजातिको नाम चलचित्र शृंखला लर्ड अफ द रिङ्सका खलपात्र साउरनबाट राखेका छन्।
वैज्ञानिकहरूले पुतलीको एउटा नयाँ प्रजातिको नाम चलचित्र शृंखला लर्ड अफ द रिङ्सका खलपात्र साउरनको नामबाट जुराएका छन्।
वैज्ञानिकहरूले आफूहरूलाई यस प्रजातिका पुतलीको सुन्तला रङको पखेटामा भएको कालो गोलाकारले साउरनको स्मरण गराएकाले यही नाम राख्ने निर्णय भएको बताएका छन्।
फरकखाले नामले यस प्रजातिप्रति आकर्षण बढ्ने र यसबारे थप अनुसन्धानमा सहयोग पुग्ने बेलायतको लन्डनस्थित प्राकृतिक इतिहास संग्रहालयले अपेक्षा राखेको बीबीसीले जनाएको छ।
हालसम्म यस प्रजातिको सूचीमा सउरोना ट्राएंगुलर र सउरोना आउरिगिरालाई राखिएको र पछि अन्य पुतलीका प्रजातिलाई पनि यसमा समावेश गरिने बताइएको छ।
विश्वका ३० भन्दा बढी देशका वैज्ञानिकहरूले पुतली उपप्रजाति यिप्टिचिनाको अध्ययनमा दशकौँ बिताएको बीबीसीले उल्लेख गरेको छ।
विज्ञहरूका अनुसार हालसम्म पुतलीका ४०० प्रजाति पत्ता लागेका छन्। साथै, विकसित डीएनएको परीक्षण गर्ने विधिका माध्यमले उनीहरूमा आएको शारीरिक र आनुवांशिक परिवर्तनबारे पत्ता लाग्ने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
