सोमबार रुसले युक्रेनका विभिन्न क्षेत्रमा करिब ६० वटा ड्रोन आक्रमण गरेको थियो। ती सबैलाई ड्रोन हानेर खसालिएको युक्रेनले जनाएको छ।
रुसले युक्रेनलक्षित दर्जनौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ। सोमबार विभिन्न क्षेत्रमा करिब ६० वटा ड्रोन आक्रमण भएको किभका मेयर भिताली क्लित्च्कोले बताएका छन्।
राजधानी किभमा ३६ वटा आक्रमण भएको र ती सबैलाई ड्रोन हानेर खसालिएको उनले बताए। त्यसका टुक्राहरू आवासीय तथा अन्य भवनमा ठोक्किँदा किभमा पाँच जना घाइते भएको न्युज स्काईले जनाएको छ। यता, ओडेसा शहरमा एक जनाको मृत्यु भएको छ।
यस्तै, ब्ल्याक सीको तटीय शहर ओडेसास्थित एक खद्यान्न भन्डारण केन्द्रमा क्षेप्यास्त आक्रमण हुँदा आगलागी भएको बताइएको छ। विभिन्न स्थानमा निरन्तरको आक्रमणपछि युक्रेनका करिब दुई तिहाइ क्षेत्रमा घण्टौँसम्म हवाई चेतावनी घण्टी सुनिएको थियो। यस्तै खेर्सन र दक्षिणपूर्वी जाजोरिजियामा विस्फोटका घटना भएका छन्। खेर्सनमा ९ जना घाइते भएको बताइएको छ।
नाजी जर्मनीलाई परास्त गरेको अवसरमा दिवस मनाउने गरेको रुसले यसको अघिल्लो रात युक्रेनमा आक्रमण तीव्र पारेको हो। यता, युक्रेनको रेडक्रसले विज्ञप्ति जारी गर्दै आफ्नो खाद्यान्न भण्डारमा आक्रमण हुँदा मानवीय सहायता सामग्री नष्ट भएको र अब सबै सहायताको आपूर्ति रद्द गर्नुपरेको बताएको छ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे ९ लाई युक्रेनले अबदेखि ‘युरोप डे’का रूपमा मनाउने घोषणा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
