नेपालमा प्रधानन्यायालय स्थापना भएको दिन वैशाख २६ गतेलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन्।
मंगलबार कानून दिवसको शुभकामना दिँदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास लिएका छन्। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ।
प्रधानन्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने २००९ वैशाख २६ गते भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिन कानून दिवस मनाउने गरिएको छ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।
दिवसका अवसरमा सर्वोच्च अदालतले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
