सरकारले नियमावली संशोधन गरेर वैदेशिक रोजगारीबाट फर्किँदा पहिला पाइरहेको सुविधाबाहेकको थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गर्ने भएको छ।
काठमाडौँ– सरकारले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। "सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरिएको छ। सहकारी क्षेत्र सुधार कार्यदल बन्ने भन्ने पहिला नै कुरा आएको थियो," उनले भनिन्।
उनले वैदेशिक रोजगारीबाट फर्किनेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताइन्। यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने गरी निजी प्रयोगका मालवस्तुसम्बन्धी नियमावली संशोधन गर्नका लागि सञ्चार र श्रम मन्त्रालयले आवश्यक तयारी गर्ने निर्णय भएको उनको भनाइ छ।
उनका अनुसार ढल्केवर–वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने, कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्न प्राविधिक कारबाही चलाउनका निम्ति प्रशासकीय अधिकृतलाई अधिकारी तोक्ने निर्णय भएको छ।
उनले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागिताका लागि योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन्। त्यस्तै, सरकारले नेपाल कृषि वन सेवा समूहीकरणको सचिवमा रेवतिरमण पौडेललाई बढुवा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
