नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

काठमाडौँ– प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यो प्रकरणमा जोडिएका थप दुई जनालाई पक्राउ गरेको हो।

मंगलबार काठमाडौँबाट रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। दुवैले यो प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोप छ। अहिलेसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

यसअघि सन्दीप रायमाझी, सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा र सागर राई पक्राउ परेका छन्।

त्यस्तै, यही प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका नेकपा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारीपछि उनी फरार रहेको छन्।


यो पनि
एमाले सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीको खानतलासी
नक्कली शरणार्थी प्रकरणको लहरो तान्ने त्यो उजुरी, अनुसन्धानको ‘राडार’मा पूर्वगृहमन्त्रीहरू पनि
गृहमन्त्रीलाई प्रश्न– शरणार्थी प्रकरणमा आरजु देउवा र मञ्जु खाँणविरूद्ध पक्राउ पुर्जी जारी हुन्छ?