'ए' डिभिजन लिगमा थ्रीस्टारले १६ खेल खेल्दा ६ जित, ७ बराबरी र ३ हारको नतिजासहित २५ अंक जोडेको छ। थ्रीस्टार अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौँ– थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले शहीद स्मारक 'ए' डिभिजन लिग शुरू हुनुअघि नै भनिसकेका थिए, यसपटक हामी उपाधि दाबेदार हैनौँ। तर, लिगको पहिलो खेलमा विभागीय टोली एपीएफसँग २-० गोलअन्तरले पराजित भएको थ्रीस्टारले त्यसपछि यस्तो लय समात्यो कि उसले जावलाखेल यूथ क्लब र न्यूरोड टिम (एनआरटी)सँग बाहेक अन्यसँग हार बेहोर्नै परेन।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा पनि थ्रीस्टारले हार बेहोर्न परेन। उसले लिगको १६औँ खेलमा पनि बराबरीको नतिजा निकाल्यो र लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ।
लेगको पहिलो खेलमा एनआरटीसँग पराजित भएको थ्रीस्टारले दोस्रो लेगमा गोलरहित बराबरी खेलेको हो। खेलमा थ्रीस्टारले दुई मौका सिर्जना गरेको थियो। यता, एनआरटीले पनि एक उत्कृष्ट मौका सिर्जना गर्न सफल भयो। तर, दुवै टोलीले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।
खेलको पाँचौँ मिनेटमै निकोलस सङ्गको प्रहार बारमा लागेर फर्किँदा एनआरटी अग्रता लिनबाट चुकेको थियो। इन्ज्युरी समयमा थ्रीस्टारका शनी ब्यन्जनकारको कर्नरमा पिटर सेगुनको हेडर बारमाथिबाट बाहिरियो।
जारी लिगमा थ्रीस्टारको यो चौथो गोलरहित बराबरी हो। यसअघि थ्रीस्टारले चर्च ब्वाइज, मछिन्द्र र फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो। यस्तै, समग्रमा भने उसको सातौँ बराबरी हो। थ्रीस्टारले फ्रेन्ड्ससँग ३-३, मनाङ मस्याङ्दीसँग १-१, खुमलटारसँग २-२ गोलको बराबरी खेलेको थियो।
यससँगै थ्रीस्टारले १६ खेलमा ६ जित, ७ बराबरी र ३ हारको नतिजासहित २५ अंक जोडेको छ। थ्रीस्टार अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको २७ अंक रहेको छ। एनआरटी समान खेलमा ४ जित, ६ बराबरी र ६ हारको नतिजासहित १८ अंकका साथ १२औँ स्थानमा छ।
युसेफको दुई गोलमा संकटाको जित
च्यासल मैदानमा मंगलबार सम्पन्न अर्को खेलमा संकटाले सातदोबाटोलाई २-० गोल अन्तरको हराएको हो। संकटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे।
खेलको १४औँ मिनेटमा उनले संकटालाई शुरूआती अग्रता दिलाए। २६औँ मिनेटमा युसेफले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए।
जितसँगै १६ खेलमा २० अंक जोडेको संकटा अंक तालिकाको नवौँ स्थानमा उक्लिएको छ। संकटाले १६ खेलमा ५ जित, ४ बराबरी र ६ हारको नतिजा बेहोरेको छ। समान खेल खेलेको सातदोबाटोको ६ जित, ५ बराबरी र ५ हारसहित २३ अंक रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
