लेखिका ई जीन क्यारोलले म्यानहट्टन डिपार्टमेन्ट स्टोरमा सन् १९९० मा ट्रम्पले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।
न्युयोर्कको एक अदालतले ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो। लेखिका ई जीन क्यारोलले म्यानहट्टन डिपार्टमेन्ट स्टोरमा सन् १९९० मा ट्रम्पले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
पीडितले भनेजस्तो डिपार्टमेन्टल स्टोरमा क्यारलको बलात्कार भएको भने अदालतमा पुष्टि नभएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले क्यारोललाई ३० लाख अमेरिकी डलर मानहानी गरेबापत र २० लाख अमेरिकी डलर यौन दुर्व्यवहार गरेबापत तिर्नुपर्ने भएको छ।
यता, ट्रम्पले सामाजिक सन्जालमार्फत अदालतको फैसला अपमानजनक भएको बताएका छन्। उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन्।
अबको राष्ट्रपतीय निर्वाचनमा लड्नका लागि ट्रम्पलाई यो फैसलाले ठूलो धक्का पुगेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
