भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको छ।
अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ।
भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो। पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा र पदमको चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो।
यस्तै, घनश्यामको काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए। मंगललबार तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए। घाइते २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको अवस्था गम्भीर छ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
