अर्थतन्त्रमा रहेका समस्या समाधान भए विदेशी लगानी बिस्तार हुने अर्थमन्त्री महतको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्ने परिपाटिको अन्त्य गर्ने बताएका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विकास बजेट समयमा नै खर्च नहुँदा पनि अर्थतन्त्रमा समस्या आएको बताए। अर्थतन्त्रमा रहेका समस्या समाधान भए विदेशी लगानी बिस्तार हुने अर्थमन्त्री महतको भनाइ छ।
“अन्तिम त्रैमासिकमा खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्ने कुरा अब हुँदैन। त्यसलाई हामी समाधान गर्छौं। त्यो भयो भने विदेशी सहयोग बिस्तार गर्ने ठाउँ रहन्छ,” अर्थमन्त्री महतले भने, “विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, निश्चित क्षेत्रमा उनीहरूले खर्च गर्नेछन्। ती सीमाका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यकता छ।”
फराकिलो बनाउन लगानीमैत्री वातावरण बनाउनुपर्ने महतले बताए। संसद्मा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा एकैपटक शल्यक्रिया गर्दा अप्ठ्यारो हुने उनको भनाइ छ।
संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको शल्यक्रिया गर्नुपर्ने बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
