नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि नातावाद र कृपावादमा नपरी छानबिन गर्नसमेत पौडेलले सरकारसँग माग गरेका छन्।
काठमाडौँ– कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई पार्टीले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताएका छन्।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपछि उनले यस्तो बताएका हुन्। प्रहरीले खाँणलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको थियो।
“कोही कसैले वा कहीँ कतैबाट अनुसन्धानलाई प्रभावित गर्ने काम हुनुहुँदैन,” उनले सामाजिक सञ्जालमा भनेका छन्, “यो प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्।”
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि नातावाद र कृपावादमा नपरी छानबिन गर्नसमेत उनले सरकारसँग माग गरेका छन्।
“अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस्। अनुसन्धान प्रक्रियामा निष्पक्ष भएर दृढतापूर्वक सरकार अगाडि बढोस्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
