भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेकोस् : गगन थापा

यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताएका छन्।

काठमाडौँ– कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले बजार हल्ला र कुनै पनि भेटघाटले अनुसन्धान प्रभावित हुन नहुने बताए।

“यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबाबले प्रभावित नहोस्,” थापाले भने, “मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस्। कोही नछुटोस्।”

यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्ने महामन्त्री थापाको भनाइ छ।