सरकार सुशासन र समृद्धिको यात्रामा अघि बढ्यो : प्रधानमन्त्री

अहिले पनि जटिलताहरू धेरै रहेकाले इमान्दार कम्युनिष्टको आवश्यक्ता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन र समृद्धिमा अघि बढेको बताएका छन्।

बुधबार काठमाडौँमा निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफू नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको दाबी गरे।

“अहिले परिस्थिति नयाँ बनेको छ। हामी फेरि पनि सामाजिक न्याय र सुशासनको यात्रालाई नयाँ ढंगले शुरू गर्ने अठोटका साथ अघि बढेका छौँ,” उनले भने, “राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौँ।”

अहिले पनि जटिलताहरू धेरै रहेकाले इमान्दार कम्युनिष्टको आवश्यक्ता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।