नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २ दशमलव ४३ अंकले घट्दा निर्जीवन बीमा समूह ३० दशमलव ८३ अंक र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अंकले बढेको छ।
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २ दशमलव ४३ अंकले घटेर एक हजार ८४१ दशमलव ९३ अंकमा कायम भएको छ।
बुधबार २६५ वटा कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता शेयर रकम ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ। विभिन्न समूहको उपसूचकमध्ये बुधबार निर्जीवन बीमा समूह ३० दशमलव ८३ अंक र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अंकले बढेको छ।
त्यस्तै, वित्त समूह ३ दशमलव २६ र जलविद्युत् समूह २ दशमलव १२ अंकले बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १४ दशमलव ३९ अंकले घटेको छ। बैंकिङ समूह २ दशमलव ६३, विकास बैंक समूह ८ दशमलव ९०, लगानी समूह शून्य दशमलव २३ र जीवन बीमा समूह ९ दशमलव २० अंकले घटेको छ।
त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार समूह ४ दशमलव ७४ र अन्य समूह १० दशमलव ७८ अंकले घटेको छ। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिडेडको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव २४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा एनसीसी डिभेन्चर २०८६ छ। यसको शेयर मूल्य ७ दशमलव २४ प्रतिशत ले घटेको छ।
कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा बुधबार सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको रू ३ करोड ५६ लाख १० हजार ८८७ बराबरको दुई लाख १९ हजार ५५२ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
