नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनाव नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्। उनले यही गठबन्धनको सरकार निरन्तर रहे देश विकास ठप्प हुने समेत बताए।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौँ–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए। उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गरे।
अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे। उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकृते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताए।
उनले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद् र निर्वाचनको अर्थ के हो भन्दै प्रश्नसमेत गरे। अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताए।
उनले भने, “यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन। त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ। देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ। अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ। दुर्भाग्य भोग्नुपर्छ।”
अध्यक्ष ओलीले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे। उनले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलछिना सरकारको संज्ञा दिए। उनले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउन नहुने बताए।
उनले यतिबेला देशबिरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायीत्व कायम गर्न लाग्नुपर्ने बताए। उनले अफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र काठमाडौँमा पुनः निर्माण गरिएको धरहराले आफ्ना बिरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे।
ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको पनि दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
