म्याग्दीको अन्नपूर्ण–३ दाना सबस्टेसनबाट नवलपरासी पश्चिमको सुनवल–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ।
काठमाडौँ– कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन असारभित्र सञ्चालमा आउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
म्याग्दीको अन्नपूर्ण–३ दाना सबस्टेसनबाट नवलपरासी पश्चिमको सुनवल–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा–२ खुर्कोटसम्म ३९ किलोमिटर सञ्चालनमा आइसकेको छ। खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन बनिसकेका छन्।
दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्म ८८ किलोमिटर प्रसारण लाइन अन्तिम चरणमा छ। यो खण्ड असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ। यहाँ पर्ने २३५ वटा टावरमध्ये पर्वतमा तीन, पाल्पामा एक र रुपन्देहीमा पाँच वटा निर्माणाधीन छन्।
निर्माण सम्पन्न भएका टावरमा तार तानिसकिएको छ। सुनवल–१३ बडेराबाट नयाँ बुटवलसम्म १७ वटा टावर निर्माण भइसकेको छ। ५.६ किलोमिटर मल्टी सर्किट लाइनमध्ये २.९ किलोमिटरमा तार तान्न बाँकी छ। बडेरा सामुदायिक वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि एक हजार १५० रुख कटान गर्न बाँकी छ।
मन्त्रिपरिषद्ले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृति दिइसकेको छ। असारभित्र सम्पन्न गर्नेगरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनले नवलपरासीका प्रमुख जिल्ला अधिकारी र लुम्बिनी वन निर्देशनालयका निर्देशकलाई भेटेर राष्ट्रिय प्राथमिकता प्राप्त लाइन निर्माणमा सहजीकरण गरिदिन अनुरोध गरे।
“यो लाइन असारभित्र निर्माण सम्पन्न भएन भने विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित ३०० मेगावाट विद्युत् खेर फाल्नुपर्ने अवस्था छ,” उनले भने। अधिकांश समस्या समाधान हुँदै गएकाले असारभित्रमा जसरी पनि सम्पन्न गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको आयोजना प्रमुख प्रमुख चन्दन घोषले बताए।
कालीगण्डकी र यसका सहायक नदीबाट उत्पादित जलविद्युत प्रवाहका लागि नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन निर्माण भइरहेको हो।
यसबाट एक हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
